
प्यूठान । नेपालमा थप ५७ जनामा कोरोना संक्रमण भेटिएसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ । मंगलवार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिनुभयो ।
नेपालमा आज देखिएका संक्रमित ५७ जना मध्ये ८ जना कपिलवस्तुका, ९ जना रुपन्देहिका, ३९ जना पर्साका र १ जना बाराको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमित हुने सबै पुरुष रहेका छन् ।