ट्रेन्डीङ्ग

नेपाल मगर सांस्कृतिक संघ प्युठानको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अमित थापा मगरको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा आशा घर्ती मगर, सचीवमा प्रेम पुन मगर, सह-सचीवमा दुर्गा राना मगर, कोषाध्यक्षमा झरना पुन मगर चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा चुमान सिंह रोका मगर, कबिराम घर्ती मगर, सदिक्षा पुन मगर र बिमला पुन मगर चयन हुनुभएको छ ।

तेजेन्द्र बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर सांस्कृतिक संघका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रेम विवश घर्ती मगर एवं नेपाल मगर संघ प्युठानका उपाध्यक्ष झक बहादुर पुन मगर र कोषाध्यक्ष पुर्ण गमालको विशेष आतिथ्यतामा भएको थियो । कार्यक्रमको सञ्चालन भने प्रेम पुन मगरले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय