
प्युठान । गौमुखि गाउपालिका ४ पुजा बाग्लिवाङ स्थित स्वास्थ्य इकाइमा कार्यरत एकजना स्वास्थ्यकर्मि भेषमान बिक स्थानिय एक महिलाको घरमा गएका कारण लफडामा परेका छन । स्थानियले उनलाइ कुनियतले म्वाइ खान गएको आरोप लगाएका छन ।
आफू बस्ने डेरादेखि करिव १ देखि डेढ घण्टा टाढा राति १२ बजे स्थानियले गएको देखेका हुन । तर उक्त महिलाको घरमा आफू पानी खान गएको तर गलत नियतले नगएको स्वास्थ्यकर्मिले गाउले सामु बताएका छन ।
वडा कार्यालय तथा गाउपालिकामा सामुहिक छलफलबाट वास्तविक निष्कर्ष निकाल्ने भनियपनि आरोपित महिलाको श्रीमान सम्पर्कमा नरहेकोले छलफल हुन ढिलाइ भएको बताइएको छ ।
स्वास्थ्य सेवा दिन गाउँ रहेका स्वास्थ्यकर्मिबाटै भएको यस्तो हर्कत स्थानीयले मन पराएका छैनन भने कार्वाहिको माग गर्दै आएका छन् । तर श्रीमान सम्पर्कमा नरहेको भन्दै घटनालाइ गुपचुप र ढाकछोप गर्न लागिएको उनिहरूको आरोप छ । स्थानीयले स्वास्थ्यकर्मि बिक लसपस रहेकै कारण राति १२ बजे महिलाको घरमा गएको जिकिर गरेका छन् । गाउपालिकाका जनप्रतिनिधिहरूबाटै स्वास्थ्यकर्मि बिकले ढाडस पाएकै कारण गम्भीर घटना समेत ओझेल परेको गाउलेहरू बताउदै आएका छन ।