ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिकाले उत्कृष्ट किसानहरुलाई सम्मान गरेको छ । गाउँपालिकाले २२ औं राष्ट्रिय धान दिवस २०८२ तथा असार १५ दहि चिउरा खाने दिनको अवसर परेर कार्यक्रमको आयोजना गरेर उत्कृष्ट किसानहरुलाई नगद सहित सम्मान गरेको हो ।

कार्यक्रममा सर्वोत्कृष्ट किसानका रुपमा नौबहिनी ४ का मिलिजुली कृषक समुहका याम बहादुर पुन र पशु तर्फ नौबहिनी ६ का सिर्सिने कृषि तथा पशुपन्छी फर्मका सञ्चालक बुद्धि प्रकाश के. सी. छनोट हुनुभएको छ ।

नौबहिनी १ देखि ८ सम्मका १/१ जना कृषि तथा १/१ जना पशु तर्फका उत्कृष्ट किसानहरुलाई सम्मान गरेको छ । जसमा नौबहिनी १ बाट कृषि तर्फ कोठिभिर कृषि तथा पशुपन्छी फर्मका सञ्चालक मेन्ट बहादुर घर्ती मगर र पशु तर्फ नौबहिनी ६ का देव बाख्रा पालन फर्मका सञ्चालक देव बहादुर खत्री, नौबहिनी २ बाट जुनेली कृषि तथा पशुपन्छी कृषक समुहका निम सिंह खत्री र पशु तर्फ नौबहिनी स्मार्ट कृषि गाउँ कार्यक्रमबाट आशा थापालाई सम्मान गरिएको छ । नौबहिनी ३ बाट सरस्वती कृषि तथा पशुपालन कृषक समुहका ठगिराम बुढा र पशु तर्फ पौरखी जडिबुटी फलफूल तरकारी तथा पशुपन्छी फर्मका सञ्चालक रमेश मल्ल, नौबहिनी ४ बाट कृषि तर्फ मिलिजुली कृषि तथा पशुपन्छी कृषक समुहका याम बहादुर पुन र पशु तर्फ शर्मिला कुखुरा फर्मका सञ्चालक पुर्ण बहादुर घर्ती, नौबहिनी ५ का कृषि तर्फ भेण्डा कृषि तथा पशुपालन कृषक समुहका रबिलाल बुढा क्षेत्री र पशु तर्फ बल बहादुर घर्ती मगर, नौबहिनी ६ बाट नवीन कृषि तथा पशुपन्छी फर्मका सञ्चालक गोबिन्द बहादुर के. सी. र पशु तर्फ सिर्सिने कृषि तथा पशुपन्छी फर्मका सञ्चालक बुद्धि प्रकाश के. सी., नौबहिनी ७ बाट घोबाङ्गे कृषि तथा पशुपन्छी कृषक समुहका खिम प्रसाद सुवेदी र पशु तर्फ बाघताने धारा कृषि तथा पशुपालन कृषक समुहका चोप बहादुर खड्का त्यस्तै नौबहिनी ८ बाट लुमपुक कृषि तथा पशुपन्छी फर्मका सञ्चालक मिनराज घर्ती र पशु तर्फ अटल कृषि तथा पशुपन्छी फर्मका सञ्चालक धनिराम पुन नगद सहित सम्मानित हुनुभएको थियो ।

नौबहिनी गाउँपालिकाको आ. व. २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि तथा पशु विकास शाखाले उक्त कार्यक्रमको आयोजना गरेको कृषि अधिकृत समुन्द्र के. सी. ले जानकारी दिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय