आगलागीबाट क्षति भएको कोठि हिमाल अल्लो उद्योगलाई युके र कोरियाबाट आर्थिक सहयोग रकम प्राप्त भएको छ ।
रोजगारीको सिलसिलामा युकेमा रहनुहुने कुल बुढा मगर र मान प्रसाद थकालीको पहलमा नगद रु. १ लाख २१ हजार सहयोग प्राप्त भएको उद्योगका सञ्चालक चित्रकली बुढा मगरले बताउनुभयो । जस अन्तर्गत कुल बुढा मगर र जङ्ग मगरबाट संयुक्त २५ हजार पाँच सय, मन प्रसाद शेरचनबाट २५ हजार पाँच सय, जित शेरचनबाट २५ हजार पाँच सय, नर बहादुर बुढा मगरबाट १७ हजार, दिपक बुढा मगरबाट १७ हजार, थमन बुढा मगरबाट १० हजार पाँच सय र ज्ञान प्रसाद शेरचनबाट ८ हजार पाँच सय नगद सहयोग प्राप्त भएको सञ्चालक बुढा मगरले बताउनुभयो ।
यस्तै रोजगारीकै सिलसिलामा कोरियामा रहनुहुने नारायण बुढा मगरको पहलमा नगद रु. ७० हजार २१ रुपैयाँ सहयोग प्राप्त भएको अल्लो उद्योग सञ्चालक बुढा मगरले बताउनुभएको छ । जस अन्तर्गत रोजगारीको सिलसिलामा रहेर सामाजिक कार्यमा लगानी गर्ने र दिनदुखिहरुको घाउमा थोरै भएपनी मल्हम लगाउनका निम्ति विस्तार गरिएको नौबहिनी अक्षकोष दक्षिण कोरियाबाट ५० हजार, लुम थापा मगर (स्याङ्जा)बाट १४ हजार ३ सय ४८ रुपैयाँ, रापेन्द्र नेम्वाङ २ हजार ८ सय ३९ रुपैयाँ र सुदिप कुवर मगर (सल्यान)बाट २ हजार ८ सय ३९ रुपैयाँ नगद सहयोग प्राप्त भएको सञ्चालक बुढा मगरले बताउनुभयो ।
यता नौबहिनी गाउँपालिका, प्युठानले समेत नगद सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकबाट क्षति भएको उक्त उद्योगलाई १ लाख नगद सहयोग गर्ने कार्यपालिकाबाट निर्णय भएको छ ।
गत कार्तिक २७ गते राति अनुमानित रातकाे ३ बजे विद्धुत सट भइ काेठी हिमाल अल्लाे उद्योगमा आगलागि भएको थियो । आगलागिले अल्लोबाट तयार पारिएका ११ लाख ६० हजार भन्दा बढीको काेट, इष्टकाेट, झोला, पर्स लगायतका कपडाहरु जलेर क्षति भएकाे थियो ।
आगलागी हुनु अगाडी अल्लो उद्योगमा अल्लो कपडा
आगलागी भए पश्चात्
सहयोग प्राप्त स्टेट्मेन्ट र विवरण
अहिले प्रथम भित्रिकोट प्युठान महोत्सवमा कोठी हिमाल अल्लो उद्योग