ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिका, प्युठानमा पुष ४ गतेदेखि सञ्चालन भएको दोस्रो अध्यक्ष कप-२०८१ सम्पन्न भएको छ । नौबहिनी गाउँपालिका अन्तर वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता शनिबार सप्पन्न भएको छ ।

प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम नौबहिनी-७, द्वितीय नौबहिनी-५, तृतीय नौबहिनी-३ र सान्त्वना स्थान नौबहिनी-२ ले हासिल गरेको छ । महिला भलिबल तर्फ प्रथम नौबहिनी-१, द्वितीय नौबहिनी-५, तृतीय नौबहिनी-४ र सान्त्वना स्थान नौबहिनी-३ ले हासिल गरेको छ ।

दोस्रो अध्यक्ष कप अन्तर्गत उत्कृष्ट ४ विधामा समेत ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद पुरस्कारको व्यवस्था गरिएको थियो । जस अन्तर्गत पुरुष भलिबल तर्फ उत्कृष्ट खेलाडीका रुपमा नौबहिनी-७ का हिमाल कुवर, वेस्ट स्पाइकर नौबहिनी-५ का अर्जुन पल, वेस्ट सेटर नौबहिनी-७ का गंगाराम कुवर र वेस्ट लिब्रो नौबहिनी-२ का रबिन घर्ती मगर छनोट भइ पुरस्कृत भएका छन् ।

यस्तै महिला भलिबल तर्फ उत्कृष्ट खेलाडीका रुपामा नौबहिनी-१ की सञ्जु घर्ती मगर, वेस्ट स्पाइकर नौबहिनी-५ की आयुष्मा बिष्ट, वेस्ट सेटर नौबहिनी-३ का मनिषा पुन मगर र वेस्ट लिब्रो नौबहिनी-५, की चमेली थापा मगर छनोट भइ पुरस्कृत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय