ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिका-५ र २ मा बृहत प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । नौबहिनी गाउँपालिकाको आयोजना Ipas Nepal KIDS को आर्थिक एवं प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

शिविरबाट १ सय ९० जना सेवाग्राहीहरुको प्रजनन स्वास्थ्य परिक्षण तथा चेकजाँच गरिएको हो । सेवा लिएका मध्य पाठेघरको मुखमा हुने क्यान्सर जाँच १ सय ३८ जनाले गरेका थिए । जसमध्ये ७ जना क्यान्सर संकास्पद र ६ जनाको पाठेघर खसेका थिए, उनीहरुलाई भिम अस्पताल भैरहवा रिफर गरिएको नौबहिनी गाउँपालिकाका स्वास्थ्य शाखा सि. अनमी निरीक्षक यशोदा वैद्यले जानकारी दिनुभएको थियो ।

स्त्री प्रजनन स्वास्थ्य चेकजाँचका लागि डा. निराजन श्रेस्ठ एम.डि.जि.पी. प्युठान अस्पताल, डा. सरस्वति दिक्षित थापा स्त्री रोग बिषेशज्ञ भिम अस्पताल भैरहवा, डा. दिप श्रेस्ठ डंगोल Ipas Nepal  कपिलबस्तुबाट, बरिस्ठ अस्पताल नर्सिङ निरिक्षक राघा देबि के. सी., नौबहिनी गाउँपालिका स्वास्थ्य शाखा र नौबहिनी गाउँपालिका २ र ५ का स्वास्थ्य चौकिमा कार्यरत स्वास्थ्यकर्मी, स्वस्थ्य स्वयंसेवीका लगायतका टिम सेवामा खट्नुभएको थियो ।

शुक्रबार डामृ स्वास्थ्य चौकीमा नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलको प्रमुख आतिथ्यतामा उद्घाटन भएको शिविर शनिबार लिघा स्वास्थ्य चौकीमा नौबहिनी गाउँपालिका-२, लिघाका वडा अध्यक्ष गोपिराम घर्ति मगरले समापन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय