ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिकाले गर्भवती महिलाहरूका लागि ग्रामीण अल्ट्रासाउन्ड, रक्त परिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

नौबहिनी गाउँपालिका ४ नं. वडा भित्रका २५ जना गर्भवती महिलाहरूले स्वास्थ्य चौकीमा नियमित चेकजाँच गराएकोले उहाँहरुलाई सम्मान गरिएको हो । गर्भवती महिलाहरुलाई गाउँपालिकाले फिल्टर समेत वितरण गरेको छ ।

घरमा हुने सुत्केरी शुन्य गराउने उद्देश्यले कार्यक्रम गरिएको साथै कार्यक्रम खबाङ स्वास्थ्य चौकीबाट सुरु गरेपनी निरन्तर गाउँपालिकाका ८ वटै वडामा सञ्चालन हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि रहनुभएका नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापा तथा विशेष अतिथि गाउँपालिका उपाध्यक्ष विस्ना थापा, ४ नं. वडा अध्यक्ष भिम बहादुर घर्ति मगर, कार्यपालिका सदस्य लाली गिरि लगायतले उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय