
नौबहिनी गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा शिक्षिकाहरुका लागि २ दिवसीय हस्तलेखन कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमले बालबालिकाहरुको लेखन सिपको विकास गर्ने उद्देश्यले नौबहिनी गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुलाई २ दिने कार्यशालाको आयोजना गरेको हो । कार्यक्रमबाट विद्यार्थीहरुको हस्तलेखन सीप वृद्धि गर्ने र समग्र शिक्षा क्षेत्रको गुणस्तर वृद्धि गर्ने, एकाग्रता अनुशासन बढाउने, सोही लेखाइ प्रविधि सिकाउने, शैक्षिक उपलब्धिमा सुधार ल्याउने, आत्मविश्वास अभिबृद्धी गर्ने, सिर्जशिलता र सौन्दर्य बोध विकास गर्ने जस्ता उद्देश्य प्राप्तिका लागि कार्यक्रम गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मेघराज बोहराले जानकारी दिनुभएको छ ।
बुद्धचित्त एजुकेसन फाउन्डेसन प्रा.लि. काठमाडौको प्राविधिक सहयोग तथा नौबहिनी गाउँपालिकाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।