ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीको भुमहीमा सम्पन्न लुम्बिनी प्रदेश स्तरीय खुला दोस्रो रामनगर तेक्वान्दो प्रतियोगितामा बुटवल तेक्वान्दो डोजाङको वर्चस्व कायमै रहेको छ ।

दोस्रो लुम्बिनी स्तरको रामनगर खुला तेक्वान्दो च्याम्पियनशिप बुटवल तेक्वान्दो डोजाङले क्योरुगी (फाइट) मा टिम फाइआरएसटी ट्रफी र पुम्सेमा टिम प्रथम भएको छ । प्रतियोगितामा ७ स्वर्ण पदक ४ रजत पदक, ६ कांस्य पदक जितेको छ । यस अघि पनि  लुम्बिनी प्रदेश स्तरीय खुल्ला प्रथम रामनगर प्रतियोगितामा बुटवल तेक्वान्दो डोजाङ प्रथम भएको थियो । अझसम्म लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा बुटवल तेक्वान्दो डोजाङले वर्चस्व कायमै राखेको छ ।

पुरुष तर्फको प्रतियोगितामा २३ केजी मुनि विबेक श्रीस प्रथम भएको छ भने मनिष गोटाम ४५ केजी मुनि प्रथम भएको छ । यस्तै महिला तर्फ अण्डर २९ केजीमा आयत सिद्दीकीप्रथम र अण्डर २६ केजिमा सुब्रत बज्राच्य प्रथम भएका छन् । यस्तै दीपिका कार्की ४९ केजीमा प्रथम साथै पुम्से व्यक्तिगत एलेक्स रतन प्रथम भएका हुन् ।

१४ वर्ष मुनिको जोडी प्रतियोगिता तर्फ एलेक्स र गीताञ्जली प्रथम भएका हुन् भने पुम्से व्यक्तिगत तर्फ गीताञ्जली सोमाई, नीरुता नेपाली र पुष्पा थापा दोस्रो भएका छन् ।

१७ वर्ष माथिको जोडी प्रतियोगिता तर्फ पुष्पा र प्रकाशको जोडी दोस्रो भएका छन् । पुरुष फाइट तर्फ विशाल श्रीस तेस्रो, अन्डर ३७ महिला रोशनी तामाङ अन्डर ४४ केजीमा तेस्रो भएका छन् ।

पुम्से व्यक्तिगत पुरुष तर्फ युविन थापा तेस्रो, १२ वर्ष मुनि प्रकाश खासु १७ वर्ष माथि तेस्रो भएका छन् भने महिला तर्फ अञ्जल गोतामे तेस्रो १२ वर्ष मुनि साथै जोडी १२ वर्ष मुनि युविन थापा र अन्जल गोतामे तेस्रो भएका थिए ।

त्यस्तै तिलोत्तमा तेक्वान्दो डोजाङ पुम्से तर्फ १ स्वोर्ण १ रजत सहित टिम तृतिय साथै  क्यारुगी  तर्फ ४ स्वर्ण १कास्य १ रजत गरि टिमले तृतिय स्थान प्राप्त गरेका छन् ।

२४ केजी साया नेपाली, २९ केजी सिखा परियर, ३८ केजी इभाञ्जली परियार र ४९ केजी अञ्जनी चौधरी प्रथम भएका छन् ।

यस्तै ३६ केजि तर्फ भिम थारु दोस्रो र ४० केजि तर्फ रबिना तामङ तेस्रो भएका छन् ।

पुम्से १२ बर्ष मुनी जोडी तर्फ स्वस्तिक चौधरी र सम्पदा थापा प्रथम भए भने १४ वर्ष मुनिको जोडी तर्फ रितु सुर्य बंश र अबिरल परियार तेस्रो भएको खेल संयोजक तपन केवटले जानकारी दिनुभएको थियो ।

बुटवल तेक्वान्दो डोजाङ प्रथम, रामग्राम डोजाङ दोस्रो र तिलोत्तमा डोजाङ तेस्रो स्थानमा रहेका छन् । प्रतियोगिता अवधीभर उत्कृष्ट प्रदर्शन गर्ने अल्फा डोजाङका गणेश विक र निशा पुन मगरलाई उत्कृष्ट खेलाडी घोषित गरिएको छ । प्रतियोगितामा प्रथम टोलीलाई ट्रफी, स्वर्णपदक र प्रमाणपत्र, दोस्रो टोलीलाई रजतपदक र प्रमाणपत्र तथा तेस्रो टोलीलाई कांस्यपदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।

भुमही स्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा सम्पन्न प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १२ वर्ष माथिका एकल तथा विभिन्न उमेर समूहका पुरुष तथा महिला गरी ४ सय ५० भन्दा बढी खेलाडीहरु सहभागी भएका थिए ।

प्रतियोगिता लुम्बिनी प्रदेश सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजनामा, सुनवल नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा र योङ गोर्खालीज क्लबको व्यवस्थापनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय