ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिकामा पायल्स, फिसर र फिस्टुला रोग सम्बन्धि नि:शुल्क शल्यक्रिया शिविर सञ्चालन सप्पन्न भएको छ । १५ गतेदेखी सञ्चालन भएको शिविर आज सम्पन्न भएको हो । यसअघि नौबहिनि गाउँपालिकाका ८ वटै वडामा शिविर सञ्चालन गरि स्क्रीनिङ्ग गरिएका शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको लागि नि:शुल्क शल्यक्रिया शिविर सञ्चालन गरिएको हो ।

शल्यक्रिया गर्नुपर्ने बिरामिहरुलाई सामुदायिक स्वास्थ्य इकाई केन्द्र बहानेमा १५ र १६ गते भएको शिविरबाट १ सय २२ जना बिरामीहरुले सेवा लिएका मध्ये ३० जना बिरामिहरुको डा. श्री प्रविण कुमार झाँले क्षारसुत्र विधिद्वारा शल्यक्रीया गर्नुभएको हो ।

२ दिनसम्म सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरमा केन्द्रीय आयुर्वेद बिद्यापिठ बेल्झुण्डी, दाङमा कार्यरत डा. प्रविण कुमार झाँ र प्युठान आयुर्वेद स्वास्थ्य केन्द्र, खलङ्गा प्युठानमा कार्यरत डा. तारा पोख्रेलले बिरामिको स्वास्थ्य जाँच गर्नुभएको थियो ।

१५ गते बिहिवार गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आतिथ्यता, उपाध्यक्ष विस्ना थापा, प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको विशेष आतिथ्यतामा शिविर सञ्चालन भएको शिविर आज सप्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय