
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेश भूगोल तर्फ प्युठानबाट पिम बहादुर पुन मगर (पिएम) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
पोखराको सभागृहमा हालै सम्पन्न भएको १० औं राष्ट्रिय महाधिवेशनबाट उहाँ प्युठानको प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको हो ।
संघको केन्द्रीय अध्यक्षमा क्षितिज थेबे चुनाव मार्फत निर्वाचित हुनुभएको छ । मंगलबार भएको निर्वाचनमा थेबे दोस्रो पटक अध्यक्ष निर्वाचित भएका हुन् । उहाँकै नेतृत्वमा पुन: पुन मगर केन्द्रिय सदस्यमा सर्वसम्मत चयन हुनुभएको हो ।
जसको उपाध्यक्षमा महाराज गुरुङ, विनय शाह, महासचिवमा महेश चौलागाई, उप-महासचिवमा उपेन्द्र शाही, सचिवमा अरुण कुँवर, निसा लिम्बू, मोविन अख्तर अलाम र मदन भण्डारी निर्वचित भएका छन् ।
प्युठानबाट प्रतिनिधित्व गर्ने पिम बहादुर पुन मगरबारे संक्षिप्तमा :-
नौबहिनी गाउँपालिका-५, डामृमा जन्मनु भइ उहाँ हाल काठमाडौमा होटल व्यवसायी गर्दै आउनुभएको छ । उहाँ अघिल्लो कार्यकालमा राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटी सदस्य तथा प्युठान जिल्ला इन्चार्जको जिम्मेवारी समेत पाइसक्नुभएको थियो । उहाँ समाजसेवा तथा युवाहरूको सक्षम नेतृत्व, पार्टी र संगठन हित्का लागि निष्ठापुर्वक निरन्तर लागिरहनुभएको छ ।