ट्रेन्डीङ्ग

प्यूठानको गौमुखी गाउँपालिकामा अर्खा र रजवारा गाउँलाई जोड्ने झोलुङ्गे पुल निर्माण अन्तिम अवस्थामा पुगेको छ । पुल निर्माणले दुई गाउँ जोडिने भएपछि स्थानीय खुसी छन् ।

निर्माण कार्य २०८२ सालको मंसिर महिना भित्र सम्पन्न गर्ने गरी सम्झौता भएपनि काम जेठ महिना भित्र सम्पन्न हुने देखिएको छ । पुल (लामिडाँडा – देउराली) ३ सय ६५ मिटर लामो र १ सय ८० मिटर अग्लो हुनेछ ।

जसले स्थानीयवासीहरूको आवतजावतलाई सहज बनाउने छ । पुलको शिलान्यास संघीय सांसद सूर्य थापाले २०८१ सालको मंसिर १३ गते गर्नुभएको थियो । सांसद थापाको पहलमा पुल निर्माणका लागि बजेट व्यवस्थाको प्रवन्ध भएको थियो ।

पुल निर्माणको ठेक्का २ करोड ७२ लाख ७४ हजार रुपैयाँमा अपर तामाकोसी जेभीले पाएको थियो । पुलको निर्माणले गाउँका सर्वसाधारणलाई आवतजावतमा सहजता ल्याएको मात्र होइन, पर्यटन प्रवर्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने स्थानीय रतिमान रानाले बताउनुभयो ।

स्थानीयवासीहरूको अपेक्षा अनुसार यो पुलले गाउँको सामाजिक र आर्थिक विकासमा टेवा पुयाउने विश्वास लिइएको छ ।
यहाँका ९० वर्षीय तुलबहादुर थापाले पुल निर्माणले अर्खा र रजवारावासीलाई धेरै सहज भएको बताउनुभयो ।

उहांका अनुसार खोलापारी विवाह भएको छोरीलाई आफ्नो घर (माइत) आउन ३ देखि ४ घण्टा लाग्थ्यो अब २०/२५ मिनेटमै पुग्न सकिने भएको छ ।

“बाग्लुङ जिल्लामा लामो र अग्लो पुल बनेको छ भन्ने सुनेको थिएँ,’ उहांले भन्नुभयो,’ अब आपने घर नजिक यति लामो र अग्लो पुल बन्न लागेको देखेर खुसी लाग्यो।’
झुलेनि पोष्ट साप्ताहिकमा प्रकाशित ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय