
पेशागत महासंघ नेपालको ३० औं स्थापना दिवस तथा पोषण सप्ताहको अवसरमा विद्यार्थीहरु लक्षित पोषण तथा सरसफाइ सम्बन्धि सचेतता कार्यक्रम सप्पन्न भएको छ ।
पेशागत महासंघ नेपाल नौबहिनी गाउँपालिका, प्युठानको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापा रहनुभएको थियो ।
महासंघको टिमले गंगा माध्यमिक विद्यालय परिसर सरसफाइ गरि गाउँपालिकाको सभाहलमा सचेतता कार्यक्रम गरेको थियो ।
विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष कृष्ण राउतले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचीव विजय के. सी. ले गर्नुभएको थियो ।