ट्रेन्डीङ्ग

न्यायीक समिति जिल्ला समन्वय समिति प्युठानको बैठक नौबहिनी गाउँपालिका-१ स्याउलिबाङ्गमा सम्पन्न भएको छ । अन्तर पालिका स्तरीय न्यायीक समितिको आठौं मासिक बैठकको बुधबार स्याउलिबाङ ठुलो गाउँमा नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आतिथ्यतामा सुचारु भएको हो । बैठकले बिहिवार आउदो जेठ २३ गते जिल्ला सम्मेलन प्युठान नगरपालिकामा गर्ने, नौबहिनी गाउँपालिका सङ्गै अन्य स्थानीय तहहरुका पर्यटकीय स्थलहरुको प्रचारप्रसार र पुर्वाधार निर्माणको क्षेत्रमा आवस्यकता अनुसार सामुहिक लगानी तथा रचनात्मक सहयोग पुर्याउने प्रतिबद्धता सहितको ५ बुँदे घोषणा पत्र समेत जारी गर्दै बैठकको समापन गरेको छ ।

बैठकमा सबै स्थानीय तहमा हुने गरेका साना तथा मझौला साथै सबै प्रकृतिका विवाद एवं मुद्दा मामिला र समाधानका उपायका विषयमा बृहत् रुपमा छलफल भएका छन् । यस बैठकले प्युठानका सबै स्थानीय तहहरुमा न्यायीक समितिमा दर्ता भइ छलफल र बहसका रुपमा रहेका जतिल प्रकृतिका मुद्दाहरु समेत सहज रुपमा समाधान गरि न्याय निरुपण गर्न ठुलो भुमिका खेल्ने प्रमुख अतिथि थापाले बताउनुभयो ।

अधिवक्ता रामेश्वर सुवेदीले बैठकलाई सम्बोधन गर्दै अदालत सम्म विवाद नपुग्ने होईन तर पुगेमा अप्ठ्यारो परिस्थिति झेल्न नपरोस् भनेर विवादका प्रकृति हेरि निवेदन दर्ता गरि न्याय निरुपण गर्न सकेमा स्थानीय सरकारलाई सहज हुने कुरा सुझाउनु भएको थियो ।

साथै प्युठानकै उच्च शिर कोठिभिर, नौबहिनी क्षेत्र पर्यटन प्रबर्द्धनमा समेत सबै स्थानीय तहले चासो दिनुपर्ने कुरामा समेत सकारात्मक बहस तथा छलफल भएका छन् । साथै नौबहिनी र कोठिभिर क्षेत्र समेत अवलोकन गर्नुभएको छ ।

कार्यक्रमको अवसरमा अन्य स्थानीय तहका उप-प्रमुख/उपाध्यक्ष, कर्मचारी तथा अन्य अतिथिहरुलाई मायाको चिनो र गाउँपालिकाको डायरी प्रदान गरेको छ ।

                          ५ बुँदे घोषणा पत्र :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय