ट्रेन्डीङ्ग

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको ८ औं महाधिवेशन लुम्बिनीमा जारी छ ।

२९ गते शुक्रवार नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्रालयका मन्त्री पृथ्वी सुब्बा गुरुङले समुद्घाटन गरेको महाधिवेशन लुम्बिनी बौद्ध विश्वविद्यालय रुपन्देहीमा जारी रहदा यतिबेला चुनावी माहोल तातिरहेको छ ।

महाधिवेशनबाट सर्वसम्मत रुपमा संघीय समितिको लागि छलफल चलेपनी अहिले नेतृत्वका लागि भने २ हस्तिहरु चुनावी मैदानमा उत्रिएका छन् ।

संघीय समितीका बरिस्ठ उपाध्यक्ष समेत रहेका लक्की चौधरी र उपाध्यक्ष अमरध्वज लामा चुनावी मैदानमा छन् । चौधरी र लामा दुवै प्रेस चौतारी निकट हुन् ।

केहिबेरमा निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय