ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिका-५, साराबाङ स्थित एक घरमा आगलागी भएको छ । स्थानीय लक्ष्मण के.सी.को घरमा दिउँसो करिब १:४५ बजेको समयमा आगलागी भएको हो ।

आगलागीबाट स्थानीय खड्काको ढुङ्गा, माटो र जस्तापाताको प्रयोग गरिएको मतान घर जलेर नष्ट भएको छ । सो आगलागीबाट घरभित्र भएको १४ हजार नगद, ३ तोला बराबरको गरगहना (बुलाकी, बेरुवा), खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । घरमा भएका अन्य अत्यावश्यक कागजात समेत जलेर नष्ट भएको छ । आगलागीबाट ६  लाख बराबरको धनमालको क्षति भएको अनुमान गरिएको छ ।

घरमा अचानक आगलागी भएको र सँगै रहेको अर्को घर भने तत्काल स्थानीय बासी जुटेर बचाउन सफल भएको स्थानीयले बताउनुभएको छ । घरमा लागेको आगो महाप्रभु इन्जिनियरिङ विल्डर्स प्रा.लि. को दमकल (वारुणयन्त्र) सहित स्थानीयवासी, नेपाल प्रहरीको उपस्थितिमा नियन्त्रण लिएको हो ।

यता स्थानीय बासीले भने घर नजिक पानी नभएकोले समयमै आगो नियन्त्रण गर्न नसकिएकोले घरमा भएका सामानहरू समेत जोगाउन नसकिएको बताएका छन् । आगलागीको कारण भने खुली नसकेको तर विद्धुत सर्ट भएर आगलागी भएको हुन सक्ने स्थानीयले बताएका छन् । अनुसार आगो नियन्त्रणमा आइसकेकाले क्षतिको विवरण सङ्कलनको गरि मुचुल्का उठाउने तयारी गरेको छ ।

घटना पछि नौबहिनी गाउँपालिका, प्युठानले तत्काल अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय