ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । आ. व. २०८१/०८२ को वार्षिक कार्यक्रम अन्तर्गत गत मिति २०८१ फागुन ५ गतेदेखि सञ्चालन भएको शिविर बुधबार सम्पन्न भएको छ ।

दन्त, पायल्स, फिसर र फिस्तुलको शिविर अन्तर्गत नौबहिनीका करिब जनाले सेवा लिनुभएको छ । जस अन्तर्गत नौबहिनी गाउँपालिका १ नं. वडा देखि ८ नं. वडा सम्मका ४ सय ७५ जनाले दन्त शिविरमा भाग लिनुभएको थियो । जसमा ३ सय ३५ जना महिला र १ सय ४० जना पुरुष सेवाग्राहीले सेवा लिनुभएको थियो । सेवा लिएका मध्य २ सय ९६ जनाको दात फालिएको र ५० जना दात सम्बन्धि समस्या भएका बिरामीलाई रिफर गरिएको नौबहिनी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रिषिराम शर्माले जानकारी दिनुभएको छ ।

पायल्स फिसर र फिस्तुला शिविर अन्तर्गत गाउँपालिकाभर २ सय २८ जनाले सेवा लिनुभएको छ । जस अन्तर्गत ७३ जनाले शल्यक्रिया गर्नुपर्ने भएको छ । शिविर गाउँपालिकाको १ नं. वडा देखि ८ नं. सम्म सञ्चालन गरिएको थियो । उहाँहरुलाई गाउँपालिकाले केहि समयमै पुनः शिविर सञ्चालन गरेर शल्यक्रिया गर्ने शाखा प्रमुख शर्माले जानकारी दिनुभएको छ । दन्त र पायल्स फिसर र फिस्तुला शिविरबाट ५ सय ६३ जनाले सेवा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय