
प्यूठान उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । सोमबार सप्पन्न मनोनयन दर्ता अवधिमा ७ पदमा मात्रै मनोनयन दर्ता भएको हो ।
उम्मेदवारी मनोनयनका समयमा बाँकी रहेका पदाधिकारीको लागी ७ वटै पदमा एकल उम्मेदवारी परेको हो । संघको अध्यक्षमा सन्देश आचार्यको उम्मेदवारी परे सङ्गै बरिस्ठ उपाध्यक्ष कृष्णभक्त गिरी, वाणिज्य उपाध्यक्ष रामचन्द्र पौडेल, उद्योग उपाध्यक्ष गोविन्द कार्की, महासचिव झबिन्द्र शर्मा, उपमहासचि पशुपति श्रेष्ठ र कोषाध्यक्षमा कुमार श्रेष्ठ चयन हुनुभएको छ ।
यस्तै जिल्ला समिति सदस्यहरु बिधानको व्यवस्था बमोजिम सर्वसम्मत चयन भैसकेका छन् ।