
नौबहिनी गाउँपालिकाभर आधारभूत तह कक्षा ५ र ८ को वार्षिक परिक्षा आजबाट सञ्चालन हुदैछ ।
कक्षा ५ को ३१ वटा विद्यालयबाट ७ सय ९४ जना परिक्षार्थी परिक्षामा सम्मीलित हुदैछन् भने कक्षा ८ को १८ वटा विद्यालयबाट ६ सय ७६ जना विद्यार्थी परिक्षामा सम्मीलित हुदैछन् । १२ वटा परिक्षा केन्द्र, १२ वटा विद्यालयका प्र.अ. केन्द्राध्यक्ष सहित परिक्षालाई मर्यादित बनाउन ३५ जना निरीक्षकहरु खटाइएको छ ।
परिक्षा आइतबार दिनको ठिक १:३० बजेदेखि ३:३० बजेसम्म सञ्चालन हुदैछ । परिक्षा चैत ५ गतेसम्म सञ्चालन हुनेछ ।