
प्युठानमा १३ हजार ७ सय ६३ जना किशोरीहरूलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप दिइने भएको छ । जिल्ला भित्रका ६ देखी १० कक्षासम्म अध्ययनरत छात्रा र विद्यालय नजाने किशोरीहरु गरि १३ हजार ७ सय ६३ जनालाई एच. पि. भी. खोप दिन लागिएकाे हो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्र्क्मुख अतिथि गिरिले एच. पि. भि. खोप दिनु भनेको पाठेघरको संरक्षण, सुरक्षित र सम्मान हो जसले किशोरीहरुको सुरक्षित भविस्यको निर्धारण गर्ने बताउनुभयो । साथै हामीले स्वस्थ बच्चाको परिकल्पना गर्छौ तर आमाको पाठेघर सुरक्षीत गरिराखेका हुदैनौ, त्यसैले पाठेघरको सम्मानको लागि यो अभियानमा सक्रिय रुपमा लाग्न समेत सुझाउनुभएको थियो ।
जिल्लाका १५० विद्यालय तथा ६५ स्थानको खोप केन्द्र मार्फत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई यो खोप दिन लागिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले जानकारि दिनुभएको छ । जिल्लाका ९ स्थानिय तहका विद्यालयमा अध्ययनरत १३ हजार ५ सय ४६ जना छात्रा र २ सय १७ जना विद्यालय नजाने किशोरिहरुलाई खोप दिने उहाँले बताउनुभयो ।
प्यूठान नगरपालिका क्षेत्र भित्रका विद्यालयमा अध्ययनरत २ हजार ५ सय ६५ जना, स्वर्गद्वारि नगरपालिकामा १ हजार ७ सय ४६ जना, गौमुखी गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत १ हजार ४ सय ४८ र विद्यालय नजाने ७७ जना गरि १ हजार ५ सय २५ जना, नौबहिनी गाउँपालिकामा १ हजार ९ सय ५६ जना, झिमरूक गाउँपालिकामा ४ हजार ६ सय ६९ जना, माण्डवी गाउँपालिकामा १ हजार १ सय ५३ जना, मल्लरानी गाउँपालिकामा ९ सय ३३ जना, ऐरावती गाउँपालिकामा १ हजार ८ जना र सरूमारानी गाउँपालिकामा १ हजार ४ सय ८ गरी १३ हजार ७ सय ६३ जनालाई उक्त खोप दिन लागिएको हो ।
प्युठानका ९ वटै स्थानीय तहमा समेत अभिमुखिकरण कार्यक्रम गरि खोप बारे जानकारी दिइएको छ । माघ २२ गते विश्व क्यान्सर दिवसको अवसर पारेर यो अभियान नेपालभर एकैदिन सुरु गरिदैछ । प्युठानमा माघ २८ गते सम्म १ सय ५० विद्यालय र ६५ स्थानमा कार्यक्रम गरि उक्त अभियान सम्पन्न गर्ने समेत योजना तय गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख धरम जि. सी. को अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरिको प्रमुख आतिथ्यता एवं लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठलेको विशेष आतिथ्यतामा रहेको थियो भने कार्यक्रमको आयोजना जिल्ला स्वास्थ्य कार्यालय, प्युठानले गरेको थियो ।