ट्रेन्डीङ्ग

प्युठानको नौबहिनी गाउँपालिकाले आफ्नै पालिका गान तयार गर्ने भएको छ । गाउँपालिकाले पालिका गान तयार गर्नको लागि माघ ३ गते सार्वजनिक सूचना जारी गरी आह्वान गरेको छ । पुष २६ गते बसेको पालिकाको गाउँ कार्यपालिका बैठकले आफ्नै पालिका गान तयार गर्ने निर्णय गरेको हो ।

पालिकाको सामाजिक, आर्थिक, भौगोलिक, धार्मिक ऐतिहासिक, भाषिक, साँस्कृतिक तथा पर्यटकीय मौलिक विशिष्टता झल्किने गरी पालिका गान तयार गर्न खुला रुपमा आह्वान गरिएको छ । पालिका गान घटीमा ४० शब्द र बढीमा ६० शब्दमा समेटिने गरी नौबहिनी गाउँपालिकाको मौलिक विशिष्टता झल्कने खालको हुनुपर्ने प्रमुख प्रशासकीय शिवराज पौडेलले बताउनुभयो । गानमा प्रयोग भएका शब्दहरूको संक्षिप्त व्याख्या गर्नुपर्ने जारी सुचनामा उल्लेख छ ।

पालिका गान तयार गर्दा कुनै पनि जातिय विभेद, साम्प्रदायिकता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतामा आँच आउने संकेत अथवा शब्द प्रयोग गर्न नपाईने समेत जारी सुचनामा उल्लेख गरिएको छ । १ महिना भित्र अर्थात फागुन ३ गते सम्म पालिका गान तयार गरी सिलबन्दी खाम पेश गर्न गाउँपालिकाले आग्रह गरेको छ । उत्कृष्ट पालिका गान तयार गर्ने रचनाकारले नगद ३० हजार रुपियाँ पुरस्कार पाउने छन् । नौबहिनी गाउँपालिकाले यसअघि पालिकाको मौलिक विशिष्टता झल्किने गरी आफ्नै लोगो समेत तयार गरिसकेको छ ।

जारी सुचना :-

यसअघि जारी गरिएको लोगो :-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय