
आफ्नै श्रीमानले श्रीमतीलाई कुटाई गर्दा श्रीमती गम्भीर घाइते हुनुभएको छ। गौमुखी गाउँपालिका वडा नम्बर २ अर्खा गलङछङ निवासी विनोद बिटालुले श्रीमती ज्ञानी सुनारलाई धारीलो हतियारले प्रहार गरेका हुन् ।
३२ वर्षीय बिटालुले प्रहार गरेको धारिलो हतियारबाट वर्ष २० कि ज्ञानी सुनार गम्भीर घाइते हुनुभएको हो। गम्भीर घाइते सुनारको प्युठान अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ।
श्रीमान श्रीमतीको घरमा आपसी घरायसी झगडा हुँदा सोमवार दिउँसो श्रीमानले श्रीमतीलाई धारिलो हतियार हँसियाले प्रहार गरेका थिए। श्रीमतीलाई घाइते बनाएपछि श्रीमान आफ्नै घरमा स्थानीयले डोरीमा झुन्डिएको अवस्थामा भेटाएका थिए।
रशीमा झुन्डिएको देखे लगत्तै स्थानीयले उनलाई उद्वार गरी प्रहरीलाई खबर गरेका थिए । घाइते श्रीमतीको बुटवलमा उपचार भइरहेको छ भने श्रीमतीलाई कुटपिट गर्ने श्रीमान अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका छन् ।
स्थानीयका अनुसार उनीहरूको यसअघि पनि बेलाबेलामा झगडा भइरहने गरेको थियो।