ट्रेन्डीङ्ग

नौबहिनी-१, स्याउलिबाङ प्युठानका गुमान घर्ती मगर प्रोफेसनल थाइ बक्सिङ खेल्न थाइल्यान्ड प्रस्थान गर्नुभएको छ । सोमबार अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्ड प्रस्थान गर्नुभएको हो ।

उनी गत वर्षपनी घर्ती मगर थाइल्यान्डमा भएको मुयाथाइ च्याम्पियनसिपमा भाग लिएर कास्य पदक हात पारेर नेपाली झण्डा फहराउनुभएको थियो ।

यस अघि उहाँले विश्व च्याम्पियनसिपमा ब्रोन्ज मेडल र एसियन च्याम्पियनसिपमा पनि ब्रोन्ज मेडल हात पारिसक्नुभएको थियो । हालसम्म उहाँले ४-० प्रोफेसनल रेकर्ड गरिसक्नुभएको छ ।

उहाँलाई सोमबार नै नौबहिनी गाउँपालिकाले सम्मान कार्यक्रम समेत गरेको थियो । उहाँलाई २० हजार नगद, सम्मान पत्र, मायाको चिनो, गाउँपालिकाको दायरी र दोसल्लाले सम्मान गर्ने कार्यक्रम रहेपनि उहाँको सोमबारनै थाइल्यान्ड प्रस्थान गर्ने कार्यक्रम तय भएकाले उपस्थित हुन सक्नुभएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय