प्युठान घर बताउने आसपुरा बि. क. (कामी) विगत केहि वर्ष यता आफन्तको सहारा खोज्दै हुनुहुन्छ । आसपुरा हाल विवाह गरि बासगढी नगरपालिका-१, बर्दियामा बसोबास गर्दै आइरहनुभएको छ । उहाँ आफुलाई आफ्नो जन्म मिति ठ्याक्कै थाहा नभएको तर अहिले अन्दाजी ६०/६२ वर्षकी भएको बताउनुहुन्छ ।
घर प्युठानको घर्ती गाउँ टोल बताउने उहालाई आफ्नो पहिलेको घर र ठाउँ भने ठ्याक्कै थाहा छैन । आफ्नो बुबा आमालाई गुमाएपनि आफ्ना आफन्तलाई भने एकपटक भेट्ने चाहाना भएको उहाँ बताउनुहुन्छ । उहाँ आफू ८ वर्षको रहदा बुबा आमासँग भारतको हिमाचल प्रदेश गई बसेको बताउनुहुन्छ । आसपुराका अनुसार बुबाको नाम राम बहादुर बि. क. (कामी) र आमाको नाम रामकली बि. क. (कामी) भएको र उहाँहरुको भने भारतमै मृत्यु भैसकेको बताउनुहुन्छ ।
प्युठानमा आफ्ना आफन्त धेरै भएपनी आफुलाई भने आफ्नो फूपू र कान्छा बुबाको नाम याद भएको र उहाहरुलाई भेट्ने चाहाना भएको बताउनुभयो । उहाँका अनुसार फुपुको नाम चिजमाली कामी र कान्छा बुबाको नाम कासिराम कामी रहेको बताउनुभएको छ ।
अहिले आफू र विवाह पश्चात् आफ्नो छुट्टै परिवार र सन्तानहरु रहेपनी अन्तिममा उहाहरु समक्ष आफू बर्दिया रहेको खबर पुगेसम्म आफुले जन्म लिएको ठाउँको दर्शन गरि मनको भाव मेट्ने इच्छा भएको साथै आफुसङ्ग नेपाली नागरिकता समेत नभएको बताउनुभएको छ । यहि आफन्त सम्पर्कमा आए / पत्ता लागे उहाहरुको सनाखतमा नेपाली नागरिकता पाउने अपेक्षा समेत गर्नुभएको छ ।
सम्पर्कका लागि मोबाइल नम्बरहरु :-
९८६९९७३६५१
९८४७८५१६७९
९८४७९११९०५
आसपुरा बि. क. (कामी) को तस्बिर :-