
नौबहिनी गाउँपालिकाको आयोजनामा भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार देखि नौबहिनी गाउँपालिकाको खेलमैदान बहानेमा सञ्चालन भएको रनिङ शिल्ड प्रतियोगिताको आज सप्पन्न भएको हो ।आइतबार सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र २ कास्य गरि जम्मा १५ अंक प्राप्त गरि गंगा माध्यमिक विद्यालय बहाने विद्यालय प्रथम भएको छ भने तेस्रोपटक शिल्ड हात पारेको छ । यस्तै ५ स्वर्ण, ४ रजत र ४ कास्य गरि जम्मा १३ अंक प्राप्त गरि जनज्योति माध्यमिक विद्यालय, लुङ्ग द्वितीय भएको छ । ५ स्वर्ण, ३ रजत र ६ कास्य गरि जम्मा १४ अंक प्राप्त गरि दुर्गा माध्यमिक विद्यालय, खबाङ विद्यालय तृतीय भएको छ । मार्चपास तर्फ भने गावै माध्यमिक विद्यालय, गावै उत्कृष्ट भएको छ ।
नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले अध्यक्ष गरेको कार्यक्रमको विभिन्न विद्याका प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, कबड्डी, दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटपट थ्रो, ज्याब्लिङ थ्रो लगायतका खेलहरुको आयोजना गरिएको थियो ।
रनिङ शिल्ड प्रतियोगितामा नौबहिनीका ११ वटा माध्यमिक विद्यालयबाट विभिन्न विद्याका खेलहरुमा करिब ३ सय जना विद्यार्थीहरु सहभागी छन् । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई पालिका स्तरीय खेलहरुमा भाग लिनेछन् ।