एकिकृत विकास संघ (युनेसीन) ले गौमुखि गाउपालिका विकास क्षेत्रका सामुदायिक विद्यालयहरूमा निशुल्क आंखा परिक्षण सेवा सञ्चालन गरेको छ ।
गौमुखि गाउपालिका प्युठानको समन्वय तथा प्रस्तावित नरेन्द्र गायत्री आखा अस्ताल र गौमुखि आखा उपचार केन्द्र ठुलावेसीको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो ।
निशुल्क दृष्टि परिक्षण कार्यक्रक अन्तर्गत गौमुखि पालिकाका ४८ र मदाने पालिकाका ६ वटा विद्यालयका करिव १० हजार विद्यार्थीले निशुल्क सेवा पाउने सह सचिव हेमलाल कुवरले बताउनुभयो ।
दृष्टी परिक्षण शुभारम्भ कार्यक्रम बिहिवार गौमुखि मा.वि. ठुलावेसीबाट सञ्चालन गरिएको उहाले बतनउनुभयो । गौमुखि मा.वि.का ६ सय २५ जनाको आखा परीक्षण गर्दा २६ जना न्युन दृष्टि भएका विद्यार्थीलाई थप उपचारका लागि रिफर गरिएको छ ।
आर्थिक अभाव र समय नपाएर अस्पताल जान नपाउनेहरूका लागि विद्यालयमै सञ्चालन गरिएको कार्यक्रमले सुविधा दिएको गौमुखि गाउपालिका अध्यक्ष विष्णु कुमार गिरिले बताउनुभयो ।
प्रमुख अतिथिको रूपमा कार्यक्रकमा रहनुभएका गिरिले पैसाको अभावमा विद्यार्थीहरूलाई चश्मा र ओषधिको समस्या नहुने र पालिकाले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागि नेत्र ज्योति संघ तथा प्रस्तावित नरेन्द्र गायत्री आखा अस्पताल विजुवारका अध्यक्ष लक्ष्मि प्रसाद राज भण्डारिले ग्रामीण क्षेत्रका विद्यार्थीहरूका लागि युनेसिनले नया कार्यक्रमको थालनि गरेकोमा स्वागत गर्नुभयो । यस्तोखाले कार्यक्रम जिल्लभर सामुदायिक विद्यालयमा सञ्चालन गर्न प्रोत्साहन मिलेको उहाको भनाई छ ।
युनेसिन सर्वोच्च पार्षद अग्निधर चन्द बोहोराले गौमुखी क्षेत्रमा स्थापित यस संस्थाबाट सञ्चालित कार्यक्रमबाट गाउबाट शहर जान नसक्ने विद्यार्थीहरूका लागि अत्यन्तै सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
आगामि दिनमा विद्यालयमा निशुल्क आखा परीक्षण कार्यक्रम सम्पन्न गरेपछि समुदाय स्तरमा समेत यो कार्यक्रम लैजानुपर्ने बताउनुभयो ।
हेमलाल कुवरको सञ्चालन, उपाध्यक्ष यसोदा केसिको अध्यक्षता रहेको कार्यक्रममा कमला न्यौपानेले शुभारम्भ कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीयवासि लगायतको सहभागिता रहेको थियो ।