गौमुखि गाउपालिकाका स्थानीयलाई समाजसेवी सन्तोष कुवरको पहलमा न्यानो कपडा बितरण गरिएको छ ।
गाउका अत्यन्त असहाय, बृद्द बृद्दा, एकल महिला, बिपन्न लगायतलाई रोटरि क्लव कलंकिको समन्वयमा कुवरको व्यक्तिगत लगानिमा शिरक बितरण गरिएको हो ।
कुवरको करिब १ लाख लगानिमा ८० जनालाई न्यानो कपडा बितरण गर्ने लक्ष्य रहेकोमा हालसम्म ४४ जना ब्यक्तिलाई शिरक बितरण गरि सकिएको छ ।
हालसम्म गौमुखि गाउपालिका वडा नं ४ मा १०, वडा नं ५ मा १२, वडा नं ६ मा १० र वडा नं ७ मा १२ जनालाई बितरण गरिएको हो । अब वडा न १, २ र ३ मा बितरण गर्न बाकि रहेको प्युठान खवरसंगको कुराकानिमा कुवरले बताउनुभयो ।
उहाको पहलमा गौमुखि गाउपालिका क्षेत्रमा पछिल्लो समय सामाजिक गतिविधि बढेका छन ।