भित्रीकोट दरवारको पर्यटन प्रवर्द्दनका लागि आयोजना हुन गइरहेको प्रथम भित्रीकोट प्युठान महोत्सवमा सम्भव भएजति सबै प्युठानि कलाकारलाई समेट्ने आयोजकले बताएको छ ।
केहि बाहेक नाम चलेका कलाकारको समेत सम्पर्क समन्वय नगरि कलाकारहरूको तस्विर सार्वजनिक भएपछि गुनासो आएको थियो ।
मुुुहोत्सव आयोजक मूल समारोह समितिका संयोजक प्यार अलि खानका अनुसार प्यूठान घर भएका काठमाण्डौ लगायत बाहिरी जिल्लामा संघर्षरत कलाकारलाई अधिकतम समेट्ने प्रयास गरिएको छ ।
‘कला गला भएकालाई जोड्दै जाने छौं।’ खानले भन्नुभयो, “क्षमता र कला भएका कलाकारहरूलाई हामि बिभेद गर्दैनौ ।
मेला यहि पुस ५ देखि १७ गतेसम्म प्रस्तावित प्रदर्शन स्थल प्यूठान नगरपालिका – ७ टीकुरी बसपार्क नजिकै झिम्रुक नदी किनारमा लाग्दै छ। प्यूठान उद्योग वाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रले मेलाको आयोजना गर्न लागेको हो।