ट्रेन्डीङ्ग

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमले गरेको कार्यसम्पादनमा लुम्बिनी प्रदेशका स्थानीय तहहरुमध्ये उत्कृष्ट पालिकाको रुपमा नौबहिनी गाउँपालिका छनोट भएको छ ।

बुधबार बुटवलमा भएको आर्थिक वर्ष २०८०/०८१ अन्तर्गतको कार्यक्रममा लुम्बिनी प्रदेशका ३ वटा स्थानीय तह र ३ जना रोजगार संयोजकलाई कदर पत्र सहित सम्मान गरिएको छ ।

जस अन्तर्गत नौबहिनी गाउँपालिका, प्युठान पर्वत के.सी., भुमेकास्थान नगरपालिका अर्घाखाँची पुष्कर मिश्र र परिवर्तन गाउँपालिका रोल्पा अनिता न्यौपाने गरि ३ स्थानीय तह र ३ जना रोजगार संयोजकलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय