ट्रेन्डीङ्ग

श्री रघुफेंदी प्रतिमान निमा माध्यमिक विद्यालयलाई जग्गा उपलव्ध गराउने जग्गा दातालाई सम्मान गरिएको छ। विद्यालयमा खेल मैदानको अभाव हुँदा विद्यालयमा हुने खेलकुद तथा अतिरित्त क्रियाकलाप सञ्चालन गर्न अभाव रहेको थियो ।

खेलमैदान प्रयोजनको लागि मदाने गाउँपालिका वडा नं. १ अग्लुङ्ग निवासी श्री ध्वज वहादुर चन्द, अम्मर वहादुर चन्द, कृष्ण वहादुर चन्द र गोर वहादुर चन्दले स्व. वुवा आमाको सम्झनामा विद्यालयलाई निशुल्क जग्गा प्रदान गर्नुभएको हो ।

सम्मान कार्यक्रममा २०८१ को दिपावलीमा भैलो खेलेर संकलन गरेको रकममा खर्च कटाएर वाँकी रहेको रकम रु ५० हजार रूपैयाँ विद्यालयलाई सहयोग स्वरुप वर्ष ७५ का भैलो समुहका संयोजक खडक वहादुर चन्द (अमिल पाटे) ले प्रदान गर्नुभएको थियो ।

जग्गा दिने जग्गा दाता तथा रकम सहयोग गर्ने भैलो समुहलाई फुलमाला र अविर सहित विद्यालयले सम्मान गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमचन्द बोहराले जानकारी दिनुभयो । विद्यालय व्यावस्थापन समितिमा चयन भएपछि एक वर्ष नवित्दै व्यावस्थापन समितिका अध्यक्षले गरेको उल्लेखित काम प्रशंसनिय रहेको स्थानीयले बताएका छन्।

विद्यालयको व्यवस्थापन र शैक्षिक गुणस्तर वृद्धिका लागि व्यवस्थापन समितिले गरेको काम उल्लेखनीय रहेको प्रधानाध्यापक राजुचन्द्र बोहोराले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय