ट्रेन्डीङ्ग

मोटरसाइकल दुर्घटनामा परी घाइते शिसुको प्यूठानमा उपचारका क्रममा मृत्यु भएको छ । ऐरावती गाउँपालिका-४ कैरनबाट प्यूठान नगरपालिका-१ चेरनेटा तर्फ आउँदै गरेको प्रदेश ०३-००७ प ३३०७ नं. को मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा बालक घाइते भएका थिए ।

मल्लरानी गाउँपालिका-५ धुँदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्री जल भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानकाका प्रवक्ता प्रहरी निरीक्षक केशव के.सी .ले जानकारी दिनुभयो।

शिशुलाई हजुरआमा नाता पर्ने ४५ वर्षीय नारायणी कँवरले बोकेको र ठक्कर दिँदा साथमा बोकेको नाति खस्न गई घाइते भएका थिए ।

घाइते शिशुको जिल्ला अस्पताल विजुवारमा उपचारका क्रममा ज्यान गएको प्रवक्ता के.सी.ले बताउनुभयो । मोटरसा इकल चालक प्यूठा ननगरपालिका -१ चेरनेटा बस्ने २३ वर्षीय विशाल के.सी. लाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय