“ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड”को पदयात्रा सम्बन्धि बृत्तचित्र काठमाडौमा सार्वजनिक भएको छ । शनिबार बागबजार स्थित (City Max Cinema) हलमा प्रदर्शन गरिएको हो ।
त्रिभुवन बिश्वबिद्धालय ग्रामीण बिकास केन्द्रिय बिभागका उप-प्रा. डा. राजन बिनाएक पासा र धादिङ गल्छी गाउँपालिका-३, स्थित कल्लेरी माविका शिक्षक लिला बहादुर बिश्वकर्माले गत बर्ष कात्तिक १३ गते सुरु गरेर २७ जिल्ला ४१ दिनमा पार गरेका थिए । छोटो समयमै यात्रा पार गर्न, पदयात्रा गर्न चाहाने पदयात्रीलाई आकर्षित गर्न, सो रुटमा पर्ने स्थानियको जनजिविकाको अवस्था अध्ययन अनुसन्धान गर्न, सहज रुट पहिचान गर्न, साथै वृतचित्र निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरि अन्तर्राष्ट्रिय स्तरका पर्यटक भित्र्याउनमा समेत यस वृत्तचित्रले मद्दत पुग्ने उदेश्यका साथ पदयात्रा गरेको पासाको भनाइ छ ।
शनिबार भएको वृत्तचित्र प्रदर्शन कार्यक्रममा निर्माता राजन बिनाएक पासाको सभापतित्व साथै प्रमुख अतिथी प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, विशेष अतिथी पर्वतारोही माया गुरुङ , ग्रामीण पर्यटनविद प्रा. डा. प्रेम शर्मा, म्याग्दी मालिका गाउँपालिका प्रमुख बेग प्रसाद गर्बुजा, पर्यटनविद भरत प्रसाद बडाल लगायत पर्यटन व्यावसायि तथा सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उप-सभामुख इन्दिरा राना मगरले शिक्षक पेशामा रहेर केही गरौ भन्ने हुटहुटीले गरेको महान पदयात्राको लागी प्रसंशा गर्दै फेरि पनि यस्ता कामहरुलाई निरन्तरता दिन आग्रह समेत गर्नुभएको थियो । पर्वतारोही माया गुरुङले राज्यले गर्नुपर्ने काम व्यक्तीले आफ्नै खर्चमा गर्दा पनि राज्यले बेवास्ता गरेकोमा दुखेसो गर्दै राज्यले पर्यटनसंग संबंधित काम गर्दा पर्यटन विज्ञसंग मिलेर काम गरे फलदायी हुने बिचार राख्नुभएको थियो । प्रा. डा. प्रेम शर्माले २१ औ शताब्दीमा शिक्षण पेसा व्यावहारिक बनाउनु पर्ने बताउदै यस्ता वृत्तचित्रले नयापुस्तामा आकर्षण बढ्ने बताउनुभएको थियो । कार्यक्रममा पदयात्री लिला बहादुर बिस्वकर्माले पदयात्राको उदेश्यमाथी प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा बोल्दै पदयात्री तथा वृतचित्र निर्माता डा. राजन बिनाएक पासाले आतिथीलाई मौसमको विषमता हुदाहुदै पनी आउनुभएका सम्पुर्ण दर्शक तथा अतिथीहरुलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै कामलाई निरन्तरता दिने बताउनु भएको थियो । साथै यस कार्यक्रमको सन्चालन दुर्गाराज पान्डेले गर्नुभएको थियो ।
यो साहसीक पदयात्रा सम्बन्धि वृतचित्र Rajan Pasa Youtube Channel मार्फत हेर्न सकिन्छ l