प्युठानका गोविन्द अनेकको “बरिलै बरिलै, यस्तै छ छोरीलै” तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
तीज पर्व भन्ने बित्तिकै हिन्दु नारीहरुको निम्ति खुसी र हर्षका मात्र नभइ दुख र पिडाका पनि सङ्गम हो । जुन कुरालाई मध्यनजर गर्दै अनेकले विकृतिका रुपमा म्युजिक भिडियोहरु सार्वजनिक हुँदै आएको कुरामा आपत्ति जनाउँदै मौलिक तीज गीत सार्वजनिक गरेका हुन् ।
वेदना र संवेदनाका कुराहरू जोडिने, विशेष गरेर नेपाली समाजका नारीहरुले भोग्ने गरेका पिर व्यथा, अप्ठ्यारा परिस्थिति, अवहेलना र नारी विभेदका केही अंश यो सृजना मार्फत देखाउने कोसिस गरेको अनेक बताउनुहुन्छ । यस गीतमा वर्ष दिनको तीजमा पनि माइती पुग्न नपाएका चेलीका वेदना र बिलाैनाका कथा बुन्ने प्रयत्न गरिएको अनेकको भनाइ छ ।
गीतमा अनेककी आफ्नै जीवन संगिनी बोमकुमारी बिक सहित लोकप्रिय गायिका शान्तिश्री परियार, सुनिता बुढा क्षेत्री, समीक्षा अधिकारीले आवाज दिनुभएको छ । लोकप्रिय नायिका रोशनी कार्की, सरिता ढुंगाना (जुनकीरी) र जुना गुरुङको अभिनय रहेको छ । गीतको दृश्य निमार्णमा लोकप्रिय निर्देशक सुनिल बि.क.ले गरेका छन् भने नृत्य निर्देशक रोशन विश्वकर्माले गर्नुभएको छ ।
म्युजिक भिडियो आफ्नै नामको युट्युब ‘Govind Anek’ बाट सार्वजनिक गरिएको छ ।
Video Link :-