ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिका-५, डामृको शिवलाई सामुदायिक वन क्षेत्रको दिशापुजा डाँडामा नेपाल टेलीकमको (BTS) टावर निर्माण कार्य थालिएको छ ।

गत वर्ष DPR सम्पन्न भइ यहि आर्थिक वर्ष २०८१/०८२ मा काम सम्पन्न हुने गरि निर्माण कार्य सुरु भएको छ । समुन्द्री सतह देखि करिब १८ सय भन्दा बढी उचाईमा रहेको यस डाँडामा केही वर्ष अगाडिनै सम्भाव्यता अध्ययन गरि प्रक्रिया अगाडी बढाइएको ५ नं. वडा अध्यक्ष दलराज पुन मगरले बताउनुभयो ।

नेटवर्कको समस्याले हुने असुविधालाई मध्यनजर गरि यस डाँडामा निर्माण हुने टावरले नौबहिनीको लिघा, फोप्ली, खबाङ्ग, लुङ्ग लगायत आसपासका धेरै क्षेत्रहरुमा नेटवर्कको पहुँच पुग्ने गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताउनुभयो । निर्माण हुन लागेको टावरले सञ्चारको सुविधाबाट वञ्चित धेरै नागरिकलाई समेत सञ्चार सेवामा थप टेवा पुग्ने विश्वास गाउँपालिकाले लिएको समेत थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय