ट्रेन्डीङ्ग

प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) नौबहिनी गाउँपालिकाको प्रथम भेलाले लुप्लुङ्ग माविका प्रअ वसन्त प्रसाद भण्डारीको अध्यक्षतामा १३ सदस्यीय पान नौबहिनी गाउँ कार्यसमिति गठन गरेको छ ।नौबहिनीका प्रधानाध्यापकहरुको मंगलबारको भेलाबाट उक्त समिति गठन गरेको हो । उपाध्यक्षमा तिलक बहादुर पुन, सचिवमा मीन बहादुर घर्ती मगर, सहायक सचिवमा शान्ता महतरा, कोषाध्यक्षमा लक्ष्मण प्रसाद शर्मा सर्वसम्मत निर्वाचित भएका छन् ।नौबहिनीका सबै वडाको समानुपातिक प्रतिनिधित्व हुनेगरी निर्वाचित नौबहिनी गाउँ कार्यसमितिमा यामलाल घर्ती मगर, नर बहादुर घर्ती मगर, हर्कमान के. सी., जुक्मा पुन मगर, चन्द्र बहादुर के. सी., कमल प्रसाद सुवेदी, अन्जु पुन मगर र कृष्णा सुवेदी सदस्यमा निर्वाचित भएका छन् ।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले विद्यालय शिक्षाका प्रमुख आधार रहेकोले पेसालाई मर्यादित र अधिकारलाई सुरक्षित गर्न प्रअहरुको भेलाले शैक्षिक गुणस्तर वृद्धि र विद्यालय प्रति थप जिम्मेवार र इमानदारीताका साथ  संस्था र संगठनको जिम्मेवारीलाई उच्च राख्ने विश्वास व्यक्त गर्नुभएको छ ।नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नौबहिनी गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द्र ब्रह्मा, शिक्षा विकास समितिका प्रा. स. मुना पुन, पान प्युठान जिल्ला अध्यक्ष इन्द्रमणी पोख्रेलको विशेष आतिथ्यता रहेको थियो ।

यस अघि २०८१ जेठ १२ गते जनता माध्यमिक विद्यालय बाग्दुलाका प्रअ इन्द्रमणी पोख्रेलको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय