ट्रेन्डीङ्ग

एकीकृत विकास संघ (युनेसीन) ले गौमुखी गाउँपालिका प्यूठानमा बृक्षारोपण अभियानको थालनी गरेको छ । युनेसीनको आयोजनामा सञ्चालन गरिएको अभियानमा डिभिजन वन कार्यालय प्यूठानद्वारा बिरुवा सहयोग र गौमुखी गाउँपालिका, वडा कार्यालय, ठुलावेसी सामुदायिक विकास मञ्च लगायतको साझेदारी रहेको छ ।

वन कार्यालयबाट यो वर्ष प्राप्त ६ सय २० विरुवा मध्ये वडा नं ४ को रुल क्षेत्र, कुर्लाचौर, तामाखानी क्षेत्रमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ भने शनिवार वडा नं. ५ को खुङमा बृक्षारोपण गरिने अध्यक्ष प्रेम चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका क्षेत्रमा टिमुर, रिठ्टो, दालचिनी र चिउरीको बिरुवा रोपण गरिएको हो । यसै गरि एक हप्ता अँघी मदाने गाउँपालिका १ अग्लुङमा युनेसीन र द सनराइज युथ क्लवको सहकार्यमा १४ प्रजातिका करिब १ हजार बिरुवा रोपण गरिएको थियो ।

गौमुखि विकास क्षेत्र अन्तर्गत गौमुखी फेडेरेशनको नेतृत्वमा वुक्षारोपण परियोजना अन्तर्गत खुङ, पुजा, नारीकोट, लिवाङ, अर्खा, रजवारा र अग्लुङमा हरेक वर्ष खाली चउर, सिमसार भएको स्थान, पहिरो जाने क्षेत्र र खेलमैदान भएका स्थानमा बृक्षारोपण कार्यक्रम नियमित रुपमा सञ्चालन गरिनेछ ।

बिगत लामो समयदेखि जिल्लाको उत्तर पुर्वि क्षेत्रमा स्थापित गौमुखी क्षेत्रको सामाजिक विकासमा अग्रणि योगदान रहेको युनेसीनले बृक्षारोपण कार्यक्रम, खेलकुद कार्यक्रम आयोजना, स्वास्थ्य शिविर, आँखा तथा दन्त शिविर जस्ता निशुल्क सेवा शिविर सञ्चालन गर्दै आएको छ । हालै युनेसीनको १६ औं साधारणसभाबाट प्रेम चन्द बोहोराको अध्यक्षतामा नवगठित कार्यसमितीले सामाजिक गतिविधि सक्रिय रूपमा बढाउदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय