
नौबहिनी गाउँ पालिकामा महिलाहरुलाई बाजा बजाउने सीप प्रदान गरेसङ्गै महिलाहरु बाजा बजाउन थालेका छन् । संस्कृति संरक्षण र स्वरोजगारका लागि पञचेबाजा बजाउने १५ दिने तालिम आज मंगलबार समापन भएको छ ।
नौबहिनी गाउँपालिका-८, लुप्लुङ्ग स्थित संघर्षशिल स्वास्थ्य आमा समुह र प्रगतिशील स्वास्थ्य आमा समुह यस्तै नौबहिनी गाउँपालिका-४, स्थित प्रगतिशील आमा समूह र दिदिबहिनी आमा समुहका लागी १५ दिने पञ्चेबाजा बजाउने तालिम आज एक कार्यक्रमका बिछ समापन गरिएको हो ।
पुर्वाधार निर्माणले मात्र मानव जीवनको विकास नहुने हुनाले परम्परागत अथवा आधुनिक किसिमका मौलिक लोक बाजा एवं अन्य सीपमूलक तालीमहरु सञ्चालन गर्न जरुरी रहेको र सोही कुरालाई मध्यनजर गरि तालीम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताउनुभयो । “स्थानीय स्तरबाटै सीपमूलक तालीम सञ्चालन गरि स्वरोजगार बनाई आत्मनिर्भर गराउने गाउँपालिकाको योजना छ, उहाँले भन्नुभयो ।”
यस्तै नौबहिनी गाउँपालिका-४ नं. वडा अध्यक्ष र ८ नं. वडा अध्यक्षले १५ दिने तालिम अपर्याप्त भएपनी दिदिबहिनीहरुले निकै अनुशासन र चासोका साथ सीप सिकेको कुरा बताउदै आगामी दिनमा थप अभ्यासका साथ हरेक विवाह, भोज तथा अन्य कार्यक्रममा सहभागी भइ राम्रो आम्दानी गर्न सक्ने आधार बनेको कुरा बताउनुभएको छ ।
उनहरु आफैमा उर्जाका सीप सिकेको बताएका छन् । कुनै जात, धर्म, भाषा र लिंगले सीप र कलालाई नरोक्ने भएकाले आफुहरु जागरुक भइ तालिम लिएको उनीहरु बताउछन् ।
समाजसेवा तथा वातावरण र संस्कृती संरक्षण समुह अर्घाखाँचीको तर्फबाट भविराम परियार र लाल बहादुर परियारले प्रशिक्षण दिनुभएको थियो भने प्रिया थापा र गौमती रोका मगरले सहजीकरण गर्नुभएको थियो ।
नौबहिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, प्युठानको आर्थिक सहयोग तथा समाजसेवा तथा वातावरण र संस्कृती संरक्षण समुह अर्घाखाँचीको प्राविधिक सहयोगमा गत असार ३ गतेदेखि सञ्चालन भएको कार्यक्रमको आज समापन भएको छ । नौबहिनी गाउँपालिकाले दुई सेट बाजाका सामग्री समेत सहयोग गरेको छ ।