ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिका-४, खबाङ्गको सुत्लाबाङ्गमा गय राती भएको पिक अप जीप दुर्घटनामा परेका मध्य एक जनाको मृत्यु भएको छ ।

झिम्रुक-७, तुसारा निवासी अन्दाजी ६० वर्षीय नर बहादुर थापाको लुम्बिनी सिटि अस्पताल रुपन्देहीमा उपचारको क्रममा मृत्युु भएको नौबहिनी गाउँपालिका ४ नं. वडा अध्यक्ष भिम बहादुर घर्ति मगरले बताउनुभयो । नर बहादुरका श्रीमती अन्दाजी ६० वर्षीय पुतला थापा सङ्गै अन्य २ जना अन्दाजी ३० वर्षीय शान्ति पुन र अन्दाजी ११ वर्षीय सिम्रन पुन को भने उपचार भैरहेको छ ।

अन्दाजी २१ वर्षीय पदम पुन, अन्दाजी ३० वर्षीय लक्ष्मी पुनको प्युठान अस्पताल बिजुवारमा उपचार भैरहेको छ भने अन्य ३ जना केशरा गिरि, युवराज गिरी र लाल बहादुर पुनको भने गय राती नै डिस्चार्ज भएको थियो ।

नौबहिनीको लुङ्ग बाहानेबाट सुत्लाबाङ्ग तर्फ जादै गरेको लु १ च ८०५१ नम्बरको जीप दुर्घटना भएको हो । जीप सडक देखि करिब १० मिटर तल खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय