ट्रेन्डीङ्ग

प्यूठानको झिमरुक गाउँपालिका-३ स्थित सिमसारामा आमा छोरा मृत फेला परेका छन् । स्थानीय ३४ वर्षीया बिष्णा खड्का र उनका २१ वर्षीय छोरा विशाल खड्का मृत भेटिएका हुन् ।

घरदेखी करिब १ सय ५० मिटर पश्चिम तर्फ काफलको एउटै बोटमा प्लास्टिकको नाङ्लोले आमाछोरा झुन्डिएको अवस्थामा फेला परेको स्थानीय पदम बहादुर खड्काले जानकारी दिए । घटनास्थलमा प्रहरी पुगेको र मृतकका श्रीमान र बुबा मजदुरीका लागि भारतमा रहेको समेत केसीले जानकारी दिएका छन् ।

अहिले मुचुल्का उठाएर डोरी काट्ने तयारी भइरहेको र घटना बारे थप अनुसन्धान भैरहेको वडा अध्यक्ष मीन बहादुर खत्रीले जानकारी दिए ।

उनीहरु सौतेनी आमा छोरा रहेकोे र मृत्युको कारण नखुलेको अध्यक्ष खत्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय