ट्रेन्डीङ्ग

प्युठानका गुमान घर्ति मगर मुवाँथाई च्याम्पियनसिप-२०२३ खेल्ने भएका छन् । उनी पोखरामा डिसेम्बर २४-२५ मा हुने च्याम्पियनसिप ‘ड कन्टेन्डर फाइट सिरिस’ खेल्न पोखरा गएका छन् । उनी सोमबार (डिसेम्बर-२५) मा बक्सिङ खेल्नेछन् ।

प्युठानका उनी “RHINO MUAY THAI GYM FITNESS CENTER CHITWAN” बाट प्रतिनिधित्व गर्दै च्याम्पियनसिपमा भाग लिएका हुन् । उनी गोकर्णेश्वर मुवाँथाई फाईट क्लबबाट प्रतिनिधित्व गरेका लाक्पा तामाङ सङ्ग बक्सिङ खेल्ने छन् । ‘Super Bantam Weight 55KG’ भएका उनिहरु रिङमा प्रतिस्पर्धा गर्ने छन् ।

को हुन् प्युठानका गुमान घर्ति मगर :-

गुमान उत्तरी प्युठानको विकट गाउँ नौबहिनी गाउँपालिका-१, स्याउलिबाङमा जन्मिएका हुन् । १९ वर्षिय गुमान बुबा आमा को कोखबाट कान्छो सुपुत्रका रुपमा जन्म लिएका थिए । खेल क्षेत्रको चासो, आफ्नो दाइहरुको प्रेरणा र हौसलाका कारण उनी खेल क्षेत्रमा उदाउँदो ताराका रुपमा चिनिन थालेका छन् ।

प्युठान खबरसङ्ग कुरा गर्दै उनी “विकट गाउँ सडक र बिजुली बत्तिको अभावले झेल्नुपर्ने समस्याको पिडा मनमा छ तर खेल क्षेत्रबाट विश्व इतिहास कायम गरेर आफ्नो नामले गाउँ उज्यालो बनाउने ठूलो सपना छ ।” उनले भने ।

उनी भन्छन् “खेल क्षेत्रमा दुख त छ तर खेल क्षेत्रमा लाग्न चाहने खेलाडीहरुमा समेत आत्मविश्वास, लगाव, अनुशासन, त्याग तपस्या र गम्भीरता हुनुपर्छ सफलता अनिवार्य छ ।” यो सङ्गै सरकारले समेत कुनै आधार सुनिश्चितता बनाउनुपर्छ खेलाडीहरुको अझै हौसला बढ्छ ।

उनी भन्छन् स-साना बक्सिङ/किक बक्सिङ त धेरै खेले तर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा जितेका फाईटहरु क्रमशः

१) नेसनल हाप्किडो गोल्ड मेडलिस्ट ३ पटक
२) उज्बेकिस्तानमा भएको हाप्किडो एसियन अन्तर्राष्ट्रिय खुल्ला च्याम्पियनसिपमा ब्रान्च मेडलिस्ट (तेस्रो)
३) नेसनल गणेशमान खुल्ला किक बक्सिङ ब्रान्च मेडलिस्ट
४) उस्सु जुनियर च्याम्पियनसिप गोल्ड मेडलिस्ट
५) प्रोफेसनल मुवाँथाई च्याम्पियनसिप बिजेता

उनी भन्छन् ७ भाइ छोराहरु सबै खेलाडी हुन् माहिलो दाइ शिवलाल घर्ती मगर पनि प्रोफेसनल बक्सिङ खेलाडी हो ।

एलिट फाइटर-फाइट नाइट, दक्षिण एसियाली प्रो-बक्सिङ च्याम्पियनसिप ६६ केजी वेल्टर तौल विधा, एनपीबीसी (नेपाल) को सहकार्यमा म्याक्स बक्सिङ प्रवर्द्धनद्वारा आयोजित कार्यक्रममा बक्सिङ खेलेको तथा WBC को उन्डरमा प्रोफेसनल बक्सिङ खेलेको शिवलाल घर्ती मगर बताउँछन् । उनिहरु प्युठानकै प्रतिनिधित्व गरेर पहिलो बक्सिङ खेल खेल्ने खेलाडी हुन् ।

तस्बिरमा हेरौं :

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय