ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिकामा प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशव्यापी अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नौबहिनी गाउँपालिकाले पौष १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने गरि पहिलो पटक अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना आजदेखी सुरु भएको हो ।

गाउँपालिकाले २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगितालाई प्रदेश स्तरीय अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको रुपमा सञ्चालन गर्ने निर्णय सङ्गै प्रतियोगिता सुरु गरिएको गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले बताउनुभयो ।

नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भने लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री तुल्सिराम शर्मा रहनुभएको छ ।

खेलमा लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय ९ स्थानीय तहबाट पुरुष भलिबल खेलाडीहरु सहभागी हुन पाउनेमा हाल १० स्थानीय तहबाट सहभागीता जनाएको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताउनुभयो ।

जसको प्रथम पुरस्कार क्रमश: नगद रु. १ लाख ५० हजार, द्वितीय १ लाख र तृतीय पुरस्कार नगद रु. ५० हजार ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय