ट्रेन्डीङ्ग

जिल्ला प्रहरी कार्यालय प्यूठानको आयोजनामा नौबहिनी गाउॅंपालिका-१, स्याउलीबाङमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार भएको कार्यक्रमको प्रस्तुतिकरण जिल्ला प्रहरी कार्यलय प्यूठानका प्रमुख (प्रहरी नायब उपरीक्षक) इश्वर थापाले गर्नु भएको थियो । जिल्ला प्रहरी कार्यालयले १ त्रैमासिकमा एउटा कार्यक्रम गरि जनताको गुनासो सुन्ने, जनतासङ्ग प्रत्यक्ष रुपमा सहकार्य गरि सामाजिक अपराध, हिंसा, आत्महत्या, मानसिक समस्या, दुर्घटना तथा विभिन्न किसिमका अपराध न्यूनीकरणका साथै नागरिक मैत्री प्रभावकारी प्रहरी सेवा विस्तार गर्ने उद्देश्यले कार्यक्रम गरेको समेत प्रमुख थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा नौबहिनी गाउॅंपालिकाका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको प्रमुख आथित्यता, वन वातावरण मन्त्रालय देउखुरीका सचिव मोहन काफ्लेको विषेश आथित्यता र जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुखहरू सहित जनप्रतिनिधि, स्थानीय समाजसेवीहरूको उपस्थितीमा कार्यक्रम भएको वडा अध्यक्ष घन बहादुर बुढा मगरले जानकारी दिनुभएको हो । कार्यक्रमले नागरिकहरुमा चेतनाको वृद्धि हुने विश्वास लिएको समेत अध्यक्ष बुढा मगरले बताउनुभयो ।

कार्यक्रमको अवसरमा गौमुखी, नौबहिनी वन संरक्षणको अध्ययन अवलोकन समेत गरिएको थियो ।

उक्त कार्यक्रम यस अघि पहिलो त्रैमासिकमा गौमुखी गाउँपालिकामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय