ट्रेन्डीङ्ग

पछिल्लो समय स्थानीय सरकार श्रमदानमा व्यस्त भएको सामाजिक सञ्जालहरुमा यत्रतत्र देखिन्छन् । यता नौबहिनी गाउँपालिका-५, डाम्री प्युठानमा पनि श्रमदानले स्थानीय गोरेटो बाटो र मोटरबाटोहरु मर्मत गरिएको छ ।

स्थानीय तहको साझेदारी र स्थानीय बासीको सक्रियतामा श्रमदानका कार्यहरू निरन्तर चलिरहेको छ । चार्डपर्वलाई लक्षित गरि ५ नं. वडा कार्यालयले विभिन्न टोलहरुमा बाटो मर्मतसम्भार तथा सरसफाइ गर्दै आएको हो । वडा कार्यालयको निर्देशनमा टोल विकास संस्थाहरुले यो कार्यलाई निरन्तरता दिदै आएको ५ नं. वडा अध्यक्ष दलराज पुन मगरले बताउनुभयो ।

विशेष गरि विभिन्न पेशा तथा व्यवसायका लागि देश, विदेश गएका नागरिकहरु गाउँघर फर्कने भएकाले सबैको सहजताका लागि श्रमदान गरि विभिन्न बस्तिका बाटोहरु सुधार गर्नुपर्ने आम नागरिकको चासो र गुनासोलाई मध्यनजर गरि यो कार्य अघि बढाएको समेत अध्यक्ष पुन मगरको भनाई छ ।

अहिले ५ नं. वडाका सबै टोलहरुमा जनप्रतिनिधि र स्थानीय बासिहरु दैनिक रुपमा श्रमदानमा खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय