
कास्कीको वेगनास तालमा तैरिरहेको अवस्थामा प्यूठानका २२ वर्षीय अनिश श्रेष्ठको शव मंगलबार बेलुका फेला परेको छ ।
पोखरा–३१ अलैंचीकुना स्थित तालमा उत्तानो भएर तैरिरहेको अवस्थामा पुरुषको शव रहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट उद्धार टोली खटिएको थियो ।
उक्त शव बाहिर निकालेर हेर्दा शवसँगै भएको कालो झोलाभित्र मल्लरानी गाउँपालिका–४ का श्रेष्ठको नागरिकताको प्रमाणपत्र फेला परेको थियो ।
प्रारम्भिक अनुसन्धान तथा घटनास्थलको मुचुल्का पश्चात शवलाई पोस्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले बताए ।
उनका अनुसार घटनाको कारण खुलि नसकेको खवर इकान्तिपुर अनलाइनमा प्रकाशित छ ।