ट्रेन्डीङ्ग

जिल्ला कारागार खलंगा प्यूठानमा रहेका कैदिबन्दिहरुका लागि निःशुल्क आँखा परिक्षण कार्यक्रम आयोजना गरिएको छ । नेपाल नेत्र ज्योति संघको ४५ औं स्थापना दिवसको अवसरमा नेपाल नेत्र ज्योति संघ प्यूठान शाखा तथा आँखा उपचार केन्द्र (प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार प्यूठानले शिविर सञ्चालन गरेका हुन् ।

प्यूठान कारागारमा रहेका महिला तथा पुरुष कैदि बन्दिहरुलाई लक्षित गरि कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख केशव कर्माचार्यले जानकारि दिनुभयो ।

सोहि अवसरमा जिल्ला प्रशासन कार्यालय प्यूठानका कर्मचारी, कारागार सुरक्षा बलका कर्मचारी लगायतले समेत सेवा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय