ट्रेन्डीङ्ग

सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनि लि. प्यूठानले मृत्यु दाबि भुक्तानी गरेको छ । बिमितको परिवार झिमरुक गाउँपालिका वडा नं. ६, निवासी खलान घर्तिमगरलाई ७ लाख १४ हजार रुपैयाँ बुझाएको शाखा प्रवन्धक धर्मराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार खलान बहादुरको श्रीमती रिमा घर्तिमगर प्रस्तावक भई उहाँको नाबालक छोरी छाया घर्तिमगरको ज्योति सुनौली भविष्य बाल जिवन बिमा गराउनुभएको थियो । छोरीको बिमा बनाउँदा ज्योति म्यादी बिमा अन्तर्गतको मृत्यु दाबि भुक्तानी गरीएको प्रवन्धक अधिकारीको भनाई छ । २०७७ असोजमा बिमा गराउनुभएको उहाँको २०७९ मंसिरमा हृदयघातका कारण बिरामी भई उपचारका क्रममा मृत्यु भएको थियो । बिमितको परिवारलाई प्युठान उद्योग वाणिज्य संघका उपाध्यक्ष रेशम केसिको प्रमुख आतित्थ्यतामा हसणतान्तरण गरिएको हो । कार्यक्रममा मन्तव्य राख्दै उपाध्यक्ष केसिले जीवन बिमामा सानो र थोरै भएपनि लगानि गर्दा मृत्य पश्चात् परिवारलाइ सहयोग मिल्ने भएकाले बिमा गर्न पछि पर्न नहुने बताउनुभयो । त्यसैगरि बिमित रकम लगेर दुरूपयोग नगरि सहिठाउमा प्रयोग गर्न समेत आग्रह गर्नुभयो ।

सो बिमा अन्तर्गत प्रस्तावक हकवाला आमाको मृत्यु भएकोले सुनौलो भविष्य बाल जिवन बिमा वापतको अबदेखि बुझाउनुपर्ने सबै रकम कम्पनीले जम्मा गरिदिने भएको छ । त्यसैगरी शैक्षिक विकासका लागि कम्पनि मार्फत बिमा अवधि सकिदा सम्म मासिक ७ हजार रुपैयाँ उपलब्ध गराउने समेत प्रवधन्क अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय