ट्रेन्डीङ्ग

प्यूठान जिल्लाका अन्तरपालिका स्तरीय कर्मचारीहरु बिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा गौमुखि गाउंपालिका विजयि भएको छ । गौमुखि गाउंपालिका र सरूमारानि गाउंपालिका बिच भएको फाइनल खेलमा गौमुखिले सरूमारानिलाई शुन्यका बिरूद्द २ गोल लिएर बिजयि भएको हो । बिजयि गौमुखिले नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।

आइतवार भएको खेलमा नौबहिनि गाउपालिका संगको सेमि फाइनलमा बिजयि भएर गौमुखि फाइनल खेलमा प्रवेश गरेको थियो । सेमि फाइनलमा नौबहिनिलाई १ गोलका बिरूद्द २ लिएर गौमुखि फाइनलमा पुगेको हो ।
प्रतियोगितामा सरूमारानि गाउंपालिका दोस्रो स्थान हासिल गरेको छ ।फाइनलमा प्युठान नगरपालिकालाइ शुन्यका बिरूद्द २ गोल लिएर सरूमारानि गाउपालिका फाइनल खेलमा प्रवेश गरेको थियो ।
शनिवारदेखि विजुवारमा सुरू भएको जिल्लाभरका ९ वटा स्थानीय तह मध्ये ८ वटा पालिका सहभागीता रहेको प्रतियोगितामा ४ वटा मल्लरानि, सरूमारानि, गौमुखि र प्युठान नगरपालिकाको टिमले पहिलो चरणमा जित हासिल गरि सेमि फाइनलमा पुगेका थिए ।

नकआउट सिस्टमबाट खेलाईएको प्रतियोगिताको पहिलो खेलमा ऐरावति, झिमरूक, मल्लरानि र माण्डवि गा.पा. खेलबाट पराजित भई बाहिरीएका थिए । जिल्लामै पहिलोपटक पालिका स्तरिय आयोजना भएको पहिलो चरणको प्रतियोगिता उत्साहपूर्ण रहेको खेलमा दर्शकले चासोका साथ खेल अवलोकन गरेको थिए ।

८० मिनेटको समय खेलमा १० मिनेट हाफ टाइम निर्धारण गरिएको थियो । स्वर्गद्धारी नगरपालिका बाहेक प्यूठानका ८ वटा पालिकाले भाग लिएको खेलमा पुरुष टोलीको मात्र सहभागीता रहेको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ माघ ७ र ८ गते गणतान्त्रिक खेलकुद मैदान विजुवारमा प्यूठान नगरपालिका विजुवारले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय