ट्रेन्डीङ्ग

प्यूठान जिल्लाका अन्तरपालिका स्तरीय कर्मचारीहरु बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता शनिवारदेखि विजुवारमा सुरू भएको छ । जिल्लाभरका ९ वटा स्थानीय तह मध्ये ८ वटा पालिका सहभागी प्रतियोगितामा ४ वटा पालिकाको टिमले पहिलो चरणमा जित हासिल गरेका छन् ।

ऐरावती गाउँपालिका र प्यूठान नगरपालिका विच भएको पहिलो खेलमा प्यूठान नगरापालिकाले ऐरावतीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा गौमुखी गाउँपालिकाले मल्लरानी गाउँपालिकालाई २–० ले हराएको छ । तेस्रो खेलमा सरुमारानी गाउँपालिकाले माण्डवी गाउँपालिका लाई २–१ ले पराजित गरेको छ भने अन्तिम खेलमा नौबहिनी गाउँपालिकाले झिमरुक गाउँपालिकालाई ३–० गोलले हराएको छ ।
नकआउट सिस्टमबाट खेलाईएको प्रतियोगितामा ऐरावति, झिमरूक, मल्लरानि र माण्डवि गा.पा. खेलबाट पराजित भई बाहिरीएका छन् । जिल्लामै पहिलोपटक पालिका स्तरिय आयोजना भएको पहिलो चरणको प्रतियोगिता उत्साहपूर्ण रहेको खेलमा दर्शकले चासोका साथ खेल अवलोकन गरेको थिए ।
जित निकालेका टोली आइतवार उपाधिका लागि प्रतिष्पर्धा गर्दै छन् । गोलाप्रथाबाट टिमको विभाजन गरी विहान ८ बजे देखी खेल सुरु हुने आयोजक प्युठान नगरपालिकाले जनाएको छ ।

८० मिनेटको समय खेलमा १० मिनेट हाफ टाइम निर्धारण गरिएको छ । स्वर्गद्धारी नगरपालिका बाहेक प्यूठानका ८ वटा पालिकाले भाग लिएको खेलमा पुरुष टोलीको मात्र सहभागीता रहेको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ माघ ७ र ८ गते गणतान्त्रिक खेलकुद मैदान विजुवारमा प्यूठान नगरपालिका विजुवारले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय