ट्रेन्डीङ्ग

गएराती गौमुखी माध्यामिक विद्यालय ठुलावेसीमा अज्ञात व्यक्तिद्वारा तोडफोड भएको छ । विद्यालयको लेखा कक्ष, प्रशासनिक कक्ष, स्टाफ कक्ष र सिसिटिभी कक्ष तोडफोड भएको विद्यालयका सहायक प्रधानाध्यापक जाहेश्वर जैसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार परीक्षा समितिको बक्स समेत तोडफोड गरीएको छ । त्यसैगरी स्थानीयका अनुसार गइराती नै ठुलावेसी बजारका ४ वटा घरमा चोरी भएको छ । चोरीमा संलग्नहरुको खोजी भइरहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विद्यालयमा तोडफोडबाट भएको क्षति र चोरीबाट लुटिएको रकमबारे विवरण संकलन भइरहेको छ । विद्यालयमा राखीएको सिसिटिभीको फुटेजका माध्यमद्वारा प्रहरीले अज्ञात व्यक्ति पहिचानका लागि अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय